रूपेशका नेपाली कविताहरू

5/08/2014

१० दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला-२०१२


फोटो ग्यालरी
कार्यशालाको पहिलो दिन एल. डी. सी. आई. एल.का प्रमुख डा. राममुर्तीलाई 
जातीय खादा र शीरमा टोपी पहिराउँदै महाविद्यालयको छात्र।

कार्यशालाको पहिलो दिनमा  मुख्य अतिथि
 श्री निशान्त लोहागुनलाई शीरमा जातीय टोपी पहिराउँदै 
विद्यार्थीवर्ग।

१० दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला-२०१२

फोटो ग्यालरी
कार्यशालाको पहिलो दिन दीप जलाउँदै अङ्ग्रेजी विभागका प्रमुख डा. ईर्शाद अहमद 
अनि डा. गकुल सिन्हा अनि साथमा प्रा. कबिर बस्नेत, 
प्रा. सुजता रानी राई, डा. ललीता अहमद राई, 
डा. राममुर्ती 
अनि पश्चिम बङ्गाल शिक्षा विभागका सचिव दार्जिलिङ सरकारी महाविद्यालय

कार्यशालाका मुख्य अतिथि निशान्त लोहागुन, जे. एन. यू. दिल्ली

5/06/2014

पाँच दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला, उत्तर वङ्ग विश्वविद्यालयमा-२०११

फोटो ग्यालरी
डा. समर सिन्हा कार्यशाला बारै जानकारी गराउँदै



नेपाली विभागका गुरुद्वय प्रा. कृष्णराज घतानी अनि 

प्रा. पुष्कर पराजुली कार्यशालामा अंशग्रहण गर्दै


कार्यशालामा विद्यार्थीवर्गका साथ नेपाली विभागका गुरुजन 
प्राकृतिक भाषा प्रशोधन कार्यशालामा अंशग्रहण गरेका तस्बिर

5/03/2014

दार्जिलिङका दाईहरू

फोटो ग्यालरी     

मैसुर विजय नगर फस्ट स्टेजको पार्कमा
 दार्जिलिङबाट आउनु भएका दाईहरूसँग केही क्षण आराम गर्दै।

दार्जिलिङूाट मैसुर आइपुग्नु भएका दाईहरू क्रमैले-
श्रीमान पदम पराजुली, श्री देवव्रत घिमीरे, श्री उमेश चामलिङ
श्री विक्रम राई, श्रीमान ज्ञानेन्द्र सुब्बा अनि छेउमा म पनि!

4/29/2014

फोटो ग्यालरी
गाउँमा पहिले साना छँदा ठूलाहरूले राम्रो मार्गदर्शनको लागि भजन, किर्तन अनि सतसङ्गको आयोजना गर्ने गर्थे। त्यही मार्गदर्शनको फल हो यो। बाँयाबाट-रेजीना राई (मेरी दिदी), सेविका मगर(जो यस संसारबाट विदा लिइन्), सुमत गुरुङ अनि निरेन गुरुङ। कालिदासको नाटक प्रस्तुत गर्दै।

फोटो ग्यालरी
यो तस्बिर धेरै पुरानो हो। यो तस्बिरमा भएका मेरा गाउँका बुज्रुकहरू र बराजु हुन्। 
उनीहरूको नाम थाहा नभएर यस्तै लेखिएको छ, जसरी उनीहरूलाई गाउँमा बोलाउने गर्थे।
५८ दिवा-कमानले दिएको नाम, बराजु- म सानो हुँदा बित्नु भयो। उहाँलाई गाउँमा पियन बाजे भनेर पनि जानिने गर्थ्यो। टोकले बाजे-उहाँ धेरै पहिले टोकलबाट आएका हुनाले उहाँलाई यो नामले जानिन्थ्यो। अनि अन्तिम, ४७ दिवा- उहाँको पनि नाम कमनले दिएको हो। गाउँमा प्राय कमानमा काम गर्ने भएकाले यसरी कमनले दिएको नम्बर अनुसार बोलाउने चलन चल्ती भएको आफु भन्दा ठूलाहरूको नाम नै थाहा हुँदैन थियो। अनि फेरि अर्को कुरो प्राय जेठा, माहिला भनेर बोलाउने गर्नाले नाम थाहा हुन गाह्रो पर्थ्यो र अझै पनि पर्छ। यो एउटा शोधको विषय रहेको छ।

4/10/2014

फोटो ग्यालरी

फोटो ग्यालरी
प्राकृतिक भाषा प्रशोधन कार्यशालामा शब्दवर्ग छुट्ट्याउने प्रयास गर्दै विद्यार्थी एवं शिक्षकगण, सिक्किम विश्वविद्यालय, २०१३


विद्यार्थीवर्ग प्र. भा. प्र.  कार्यशालामा शब्दवर्ग छुट्ट्याउँदै, सिक्किम विश्वविद्यालय, २०१३


उपन्यासकार श्री कुशल छेत्री प्र. भा. प्र. कार्यशालामा दिवाभोज सेवन गर्न लागिरहेको तस्बिर, सिक्किम विश्वविद्यालय, २०१३


विद्यार्थीवर्ग दिवाभोज सेवन गर्नेको लागि अनुशासनबद्ध भइ पालो पर्खिरहेको तस्बिर



विद्यार्थीवर्ग र शिक्षकगण


शब्दवर्ग चिनित गर्न प्रयासरत विद्यार्थीवर्ग, सिक्किम विश्वविद्यालय, २०१३


अन्तिम दिनको कार्यक्रमपछि समूहमा तस्बिर लिँदै हामी, सिक्किम विश्वविद्यालय, २०१३


विश्वविद्यालयका प्राध्यापकगण र हामी भारतीय भाषा संस्थानका सदस्यहरू, सिक्किम विश्वविद्यालय, २०१३