रूपेशका नेपाली कविताहरू

12/16/2010

शब्द-व्यापार...।


अरे... उऽऽऽ


घटाउनुमात्र जान्ने...।




भाग् लगाउन,


भर्खर सिक्दै थियो रे...। हन! कसरी


व्यापारतिर लाग्यो रे...?




क, ख, ग पनि नसिकेको...


अस्ति पारी गाउँको, उपल्लो भाग्


उड़ाएर ‘कटा’ बनाएछ रे...।




कति यहाँ...


खैनी चुनाको व्यापार चल्यो। रातोहरूको योग्दानले।


शब्द-व्यापारमा उसको पनि भण्डार छ रे...।




अक्षरहरू सुत्न पनि नपाउने। वल्लो गाउँमा,


पल्लो गाउँमा। कति अक्षरहरू घटाए,


कति विवादास्पद। शब्दहरूको राज चल्यो रे...।




व्यापार यस्तै हो...


जसको कलम ठीक छ, उसैसँग कारोबार चल्छ रे...।




कारोबार वाक्यलाई के थाह??




तिम्रो घरमा, उसको घरमा। कतै गुप्त कोठामा।


कलमको लिलामी हुँदैछ रे...।











No comments:

Post a Comment