रूपेशका नेपाली कविताहरू

12/16/2010

शब्द-व्यापार...


अरे... ऽऽऽ


घटाउनुमात्र जान्ने...




भाग् लगाउन,


भर्खर सिक्दै थियो रे...। हन! कसरी


व्यापारतिर लाग्यो रे...?




, , ग पनि नसिकेको...


अस्ति पारी गाउँको, उपल्लो भाग्


उड़ाएर कटा’ बनाएछ रे...




कति यहाँ...


खैनी चुनाको व्यापार चल्यो। रातोहरूको योग्दानले।


शब्द-व्यापारमा उसको पनि भण्डार छ रे...




अक्षरहरू सुत्न पनि नपाउने। वल्लो गाउँमा,


पल्लो गाउँमा। कति अक्षरहरू घटाए,


कति विवादास्पद। शब्दहरूको राज चल्यो रे...




व्यापार यस्तै हो...


जसको कलम ठीक छ, उसैसँग कारोबार चल्छ रे...




कारोबार वाक्यलाई के थाह??




तिम्रो घरमा, उसको घरमा। कतै गुप्त कोठामा।


कलमको लिलामी हुँदैछ रे...











12/02/2010

मेरो बिहानी!!




तिम्रो विहानी, मैले


गर्व गर्नु पनि उचित छैन यहाँ।


तिम्रो साँझ पनि।




मेरो विहानी! तिमीला थाहै छ


सम्झाइरहने कुरा आउँदैन।




आउँदैन होला तिम्रो


विहानी, नवीन योजनाहरू कालो


चस्मा नलगाइ। कालै गाड़ीमा नचड़ी।




आउँदैन होला तिम्रो


साँझ, नवीन मुस्कानहरू कालो


पर्दा नलगाइ। कालै गाड़ीमा नचड़ी।




आउँदैन विहानी मेरो यहाँ!


डोको र नाम्लो, थाप्लोमा नचड़ाएसम्म।


आउँदैन विहानी मेरो त यहाँ!


हसियाँ र बञ्चरो, साथमा नलगाएसम्म।




आउँदैन विहानी मेरो त यहाँ!


पुर्खा हिँड़्ने बाटो नहिँड़ेसम्म। नहिँड़ेसम्म


गोठदेखि वन, वनदेखि गोठ।




त्यसरी नै झुल्किन्छ मेरो विहानी,


त्यसरी नै अस्ताउछ मेरो विहानी।




(तिम्रो भन्दा भिन्न। निमुखा त्यै विहानी)




अर्को हुन सक्दै यो विहानी।


जुन मैले चिताएको, हर्षका कुराहरू


बोकी ल्याउने। नयाँ विहानीमा मेरो जिजीविषा।




मेरो विहानी मर्नु र बाँच्नु छ!!





चियाको स्वाद!!




चरा साँझमा


तिमी सुत्छौ, वाध्यता अघाएर। अनि


सपना सुत्न नपाइ,


भाले डाकमा। तिमी उठ्छौ।




उठ्छौ तिमी आफैलाई लोबार्न। प्रत्येक औँलाहरूले।




के पायौ र? चियाको बोटमा।


फिका स्वाद!! बाहेक।




निमोठेका छौ


वर्षौंदेखि, त्यही औँलाले मुनाहरू। विचरा!!


लाखेस् भन्न पनि सक्दैन/प्रतिवाद गर्न


पनि, तिम्रा औँलाहरू/वाक्येहरू।




निचोरेका छौ


वर्षौँदेखि, त्यही औँलाले भस्रङ्गहरू। विचरा!!


भयो भन्न पनि सक्दैन/परिवर्तन गर्न


पनि, तिम्रा जिब्राहरू/स्वादहरू।




स्वादहरू तिमीले पाएका,


फिका चियामा, प्रश्न जन्मेर आउछ।


के, साच्चै स्वाद त्यसमा छ?




छ। गर्वले तिमी भन्छौ।


पसिनाका फ्लेवर भरिएका भस्रङ्गहरूमा!!


अराजकताका बास्ना छरिएका मुनाहरूमा!!





11/22/2010

इच्छाहरू यसपाली...

इच्छाहरू यसपाली पनि
मोसै मोसो भएर भाँड़ामा
चमक ल्याउने कोशिश गरिरहेछ।


गरिरहेछ नित्य
ती इच्छाहरू। तेस्रो विश्व सम्झेर।जाबो त्यो इच्छा।

गरिरहेथ्यो पोहोर पनि
सायद गरिरहनेछ। जबसम्म ,
भएर बाँच्न पाउँदैन।

पाउँदैन उसले त्यही
कुरा जो '' ले पाइरहेकोछ। पाइरहेकोछ
अगाड़ी, पछाड़ी चारैतिर हिड़ाउन। कुकुरहरू

भुसिया, बुलडाग थरिथरिका।

थरिथरिका
हातहरू। हातहरू कालो, सेतो।

थरिथरिका उसका इच्छाहरू
बलात्कृत भए। यसपाली पनि दशैंमा

इच्छहरू, घटुक्क आँशु निलिई विसर्जन गरिदिए।


गरिदिए
उसले
आफुलाई विसर्जन ''को शहरमा।
''को गाउँमा अनि ''को गल्लिमा। ''को समाजमा।
''को विचारमा। ''को देशमा।

''को देशमा इच्छाहरू
फस्टाउन पाउँदैन, मौलाउन पाउँदैन। पाउँदैन पुराहुन।
यसैले पनि हो इच्छाहरू यसपाली...
विसर्जन गरिदिएको...।।

11/19/2010

छिल्काहरू

(क) नकारात्मक्ता...

शब्द
मैथुनसँगै,
दृश्य नाङ्गिएर
विचारको, जन्ती
जाँदैछ इच्छाहरू...।

(ख) आकाङ्छा।
अटाउन नसकेर
नारित्वका चाहनाहरू,
पट्ट फुटी निस्कन्छ
सृजनाका फूलझैं
प्रकृतिका प्राङ्गनमा।

(ग) स्पेसियल अफर...
छुट्टिएर
तनावहरूबाट,
घुम्दै बजार, म
खोज्न थाल्छु,
लेबल झुण्डिएका
पसलहरूमा, अफ् जिवनको
बम्पर डिस्काउन्ट...।

(घ) विम्ब।।
प्रश्ववेदनाको
त्यो रात, चन्द्रमाको
अपहरणले, निशा,
आकाश र निलिमा,
ताराको टर्च लिई
प्रतिक्षामा पुनः
पूर्णिमाको।।

(ङ) स्पर्श...
हत्केलाको
होइन, प्रत्येक
औंलाको, न्यानो
स्पर्श खोज्छ,
मेरो कलम।

(च) परिभाषा।
अपरिभाषित
शब्दहरूमा सजिएर
बसेका जिन्दगीहरू,
स्वतः परिभाषित
हुन्छन् श्रृङ्खलामा,
एउटा आयाम पन्नाको
कलमलाई सुम्पेर...।

(छ) होसियार...
वाक्य
विगठनमा,
बठ्याँइ शब्दहरूको,
सङ्गठित अक्षरहरूले,
शोषित वर्णहरूलाई,
आहवान
गरिरहेछ...

(ज) म !...
वर्षा
याममा
निथुक्र भिजेको
जङ्गलको वृक्ष होइन,
अन्कण्टार
घामले
सेकिएर फराकिलो
मैदानमा उम्रिएको अनवरत
भुँवरी र नर्गिजले
हेपिएको।

(झ) सन्तुष्टि।
नित्य आइ
स्पर्श गर्दा त्यो रात
सीमा नाघेर उत्सुक्ताले
पोखाइ दिन्छु
पुरूषत्वका अहमहरू
अभिलाषाको झोलाभित्र।।

(ञ) तिरस्कार!!
भूल्न नसकेर
आजपर्यन्त,
खोजिरहेछु तिमीले दिएका
स्मृति चिन्ह,
आधारातमा, कहिले
गोधुली साँझमा,
तिरस्कृत ती चोटहरूमा!!!

11/18/2010