रूपेशका नेपाली कविताहरू

12/31/2014

निबमा बन्द शब्दहरू

प्रत्येक वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनट र सेकेन्ड
भएर बग्ने पहाडको माटो
तराइले मुठ्ठी कसेर कसरी मेरो भन्न सक्छ?

जीवनको अलग-अलग, एकदमै अलग
अलगअलग अर्थात्
पटक्कै नमिल्ने छाला हुन् यी दुई,
यसलाई पनि लिँडे ढिपी गरेर
एउटै रङ्ग दिन खोज्छ; नक्कली अनुहार!

त्यो दिन पनि उसको
उपनिवेशिक आँखाले मेरो घरको
न्यानोपन खोस्ने सत्प्रयास नगरेको होइन,
घरबाट झङ्गल
जङ्गलबाट घर
घरबाट जङ्गल
जङ्गलबाट घर, गर्दा गर्दा
जङ्गलै प्यारो भइसकेको थियो।

बिरानो झैँ लाग्ने घरले
एकदिन प्रश्न गर्दा मात्र म पुनः बौरिएको बेला
उसले निबको धारले मेरो आगनै रेटिसकेको थियो!

वनले पनि मेरो आँसु पुछेन
छिमेकीले पनि मेरो आवाज सुनेन, 
पुछेन... नपुछोस्      झरेको आँसु
सुनेन... नसुनोस्     दबिएको आवाज
झार्नेहरूलाई...
दबाउनेहरूलाई...!

तर म उभिएको माटालाई
मैलेभन्दा अरूले बुझ्नै सक्दैन
मैलेभन्दा अरूले रुँग्नै सक्दैन
मैलेभन्दा अरूले चिन्नै सक्दैन
यसैले त यो माटाको अधिकार केवल मेरोमा छ।

उसले लुटेर
उसले खोसेर
उसले दबाएर
उसले मुख बन्द गरेर निबमा थुनेपछि
कलमलाई मेरो यही गुनासो रहिआएको छ

यो माटामा मैले मेरै अक्षर लेख्न पाऊँ!!

शब्द : अशब्द

तकदिर लेखिएको छैन
कलमको निब
फुटाएर निस्किएका शब्द: टुहुरा,

कत्तिको मन छुन्छ!
कत्तिको तन छुन्छ!
कत्तिको धन छुन्छ!
कत्तिको केके छुन्छ। तर छुन्छ
शब्दको हुर्किँदै गरेको आकर्षणले
कानुनको कालो पट्टि बाँधेर
आत्मसम्मानको ढोकाभित्र लाजको बलात्कार
भएपछि
एफआईआरको पन्ना अनि
मिडियाको बलात्कारै बलात्कारभित्रशब्द,
कुरूप भाग्यको आँसु बगाउँदै
नाङ्गिन्छ समाजको सामु
अश्लिल उपनामको नेमप्लेट टालेर।

शब्द हो.....
 लेखिदिए हुन्छ,
मेटिदिए हुन्छ।

प्रतीकवादको छाला ओढेर
प्रयोगवादको व्यवाहर गरे हुन्छ!

बस्...! शब्द हो।
बाऊको
धारिलो स्नेह चाहिएन!
दाजुको
छुकछुके माया चाहिएन!
छिमेकिको
जासूस सम्बन्ध चाहिएन!
समाजको
उपेक्षित सहानुभूति चाहिएन!
कानुनको
लोसे प्रमाण चाहिएन!

आखिर शब्दमा,
पण्डितदेखि लिएर विद्वान हुँदै
भँडुवासम्म पुग्दा पनि त्यही नियती हुँदो हो!

केवल लेखिन्छ अनि मेटिन्छ; शब्द।


सुन्तलीको विवाद

लघुकथा
चतुरे चामेले च्याप्प समाएर सुन्तलीलाई खँदिलो मुक्का कस्यो। सुन्तलीलाई ढिँडको ताकतले लड्नबाट बँचायो। तर सुन्तली रिसले पालो पर्खिरहेकी थिई
बिहानै उठ्नेबितिकै चामेले सुन्तलीलाई भन्यो- ‘आज हामी बिहानै घाँस लिएर खाजा खाइवरी बारीको तेनेमेने सकिहाल्नु पर्छ है।’ ‘अँ... हुन्छ। याँ आफु भने बिसाउने मौकाइ पाउँदैन! घरिघरि बारी-बारी भनेर नभन है।’ आँखा तर्दै सुन्तलीले बेलुकाको रिस पोखी। डोको बोक्नु आँटेको चामे छक्क पर्‍यो। ‘हँन आज यसलाई केको सनक चडिछे र बिहान बिहान निहुँ खोज्छे।’ विचार मात्र गरिरह्यो, चामेले। चुपचाप चामेको मुद्रा देखेर त झन् रिस उठेर सुन्तलीले कुखुरा धपाउने निहुँ गर्दै चामेलाई नै लाग्ने गरी ढुङ्गा टिपेर हिर्काई। रिसले केही नदेखेको बेला चामेको टाउकमा ढुङ्गाले लागिहाल्यो। अर्को ढुङ्गा टिपेर फेरि हिर्काऊँ भन्दा मात्र सुन्तलीले चामे भुइँमा लेडेको देखी। अत्तालिएर कराउँदै चामेलाई उठाउन गई।  रगताम्मे चामेको शरीरलाई सुम्सुम्याउँदै सुन्तलीले घरभित्र लगी अनि कम्पाउडरलाई लिएर आई चामे स्याहार्न बसी।
‘नसुर्ताऊ त्यस्तो गहिरो चोट परेनछ, अहिले घाउ सफा गरेर यो दबाइ खान दिनू।’ कम्पाउडर त्यति भनेर आफ्नो घरतर्फ लाग्यो। सुन्तलीले पश्चताप गर्ने सोची तर उसलाई त्यो मुक्का सम्झँदा फेरि होइन भन्ने पनि भई। त्यति नै बेला चामे टाउको छाम्दै उठ्न खोज्यो तर सुन्तलीले उसलाई उठ्न दिएन। अनि बिस्तारै चामेले सोध्यो-‘मलाई के भएको थियो?’ मुख लर्बराउँदै सुन्तलीले भनी-‘होइन, खासमा हिजो तपाईँको मुक्काको परिणामले तपाईँको टाउको फुट्यो।’ चामेले अचम्म मान्दै भन्यो –‘हिजो मैले कुटेँ? कस्तो कुरा गरेकी! तिमीलाई मेरो मायाको विश्वा छैन रहेछ। जस्तै भए पनि तिमीलाई कुट्ने कुनै विचार ममा पलाउँदैन।’
सुन्तली केही नबोली भित्र पसेर ऐनामा मुक्काको डाम हेर्न खोजी तर त्यहाँ कुनै डाम नै हुँदैन। छक्क परेर मसार्छे, कुनै दुखेको अनुभव पनि छैन। तब सुन्तलीलाई याद भई....। 

5/08/2014

१० दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला-२०१२


फोटो ग्यालरी
कार्यशालाको पहिलो दिन एल. डी. सी. आई. एल.का प्रमुख डा. राममुर्तीलाई 
जातीय खादा र शीरमा टोपी पहिराउँदै महाविद्यालयको छात्र।

कार्यशालाको पहिलो दिनमा  मुख्य अतिथि
 श्री निशान्त लोहागुनलाई शीरमा जातीय टोपी पहिराउँदै 
विद्यार्थीवर्ग।

१० दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला-२०१२

फोटो ग्यालरी
कार्यशालाको पहिलो दिन दीप जलाउँदै अङ्ग्रेजी विभागका प्रमुख डा. ईर्शाद अहमद 
अनि डा. गकुल सिन्हा अनि साथमा प्रा. कबिर बस्नेत, 
प्रा. सुजता रानी राई, डा. ललीता अहमद राई, 
डा. राममुर्ती 
अनि पश्चिम बङ्गाल शिक्षा विभागका सचिव दार्जिलिङ सरकारी महाविद्यालय

कार्यशालाका मुख्य अतिथि निशान्त लोहागुन, जे. एन. यू. दिल्ली

5/06/2014

पाँच दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला, उत्तर वङ्ग विश्वविद्यालयमा-२०११

फोटो ग्यालरी
डा. समर सिन्हा कार्यशाला बारै जानकारी गराउँदै



नेपाली विभागका गुरुद्वय प्रा. कृष्णराज घतानी अनि 

प्रा. पुष्कर पराजुली कार्यशालामा अंशग्रहण गर्दै


कार्यशालामा विद्यार्थीवर्गका साथ नेपाली विभागका गुरुजन 
प्राकृतिक भाषा प्रशोधन कार्यशालामा अंशग्रहण गरेका तस्बिर

5/03/2014

दार्जिलिङका दाईहरू

फोटो ग्यालरी     

मैसुर विजय नगर फस्ट स्टेजको पार्कमा
 दार्जिलिङबाट आउनु भएका दाईहरूसँग केही क्षण आराम गर्दै।

दार्जिलिङूाट मैसुर आइपुग्नु भएका दाईहरू क्रमैले-
श्रीमान पदम पराजुली, श्री देवव्रत घिमीरे, श्री उमेश चामलिङ
श्री विक्रम राई, श्रीमान ज्ञानेन्द्र सुब्बा अनि छेउमा म पनि!