लघुकथा
चतुरे चामेले च्याप्प समाएर सुन्तलीलाई खँदिलो मुक्का कस्यो। सुन्तलीलाई ढिँडाको ताकतले लड्नबाट बँचायो। तर सुन्तली रिसले पालो पर्खिरहेकी थिई।
चतुरे चामेले च्याप्प समाएर सुन्तलीलाई खँदिलो मुक्का कस्यो। सुन्तलीलाई ढिँडाको ताकतले लड्नबाट बँचायो। तर सुन्तली रिसले पालो पर्खिरहेकी थिई।
बिहानै
उठ्नेबितिकै चामेले सुन्तलीलाई भन्यो- ‘आज हामी बिहानै घाँस लिएर खाजा खाइवरी
बारीको तेनेमेने सकिहाल्नु पर्छ है।’ ‘अँ... हुन्छ। याँ आफु भने बिसाउने मौकाइ
पाउँदैन! घरिघरि बारी-बारी भनेर नभन है।’ आँखा तर्दै सुन्तलीले बेलुकाको रिस पोखी।
डोको बोक्नु आँटेको चामे छक्क पर्यो। ‘हँन आज यसलाई केको सनक चडिछे र बिहान बिहान
निहुँ खोज्छे।’ विचार मात्र गरिरह्यो, चामेले। चुपचाप चामेको मुद्रा देखेर त झन्
रिस उठेर सुन्तलीले कुखुरा धपाउने निहुँ गर्दै चामेलाई नै लाग्ने गरी ढुङ्गा टिपेर
हिर्काई। रिसले केही नदेखेको बेला चामेको टाउकामा ढुङ्गाले लागिहाल्यो। अर्को ढुङ्गा टिपेर फेरि
हिर्काऊँ भन्दा मात्र सुन्तलीले चामे भुइँमा लेडेको देखी। अत्तालिएर कराउँदै
चामेलाई उठाउन गई। रगताम्मे चामेको
शरीरलाई सुम्सुम्याउँदै सुन्तलीले घरभित्र लगी अनि कम्पाउडरलाई लिएर आई चामे
स्याहार्न बसी।
‘नसुर्ताऊ
त्यस्तो गहिरो चोट परेनछ, अहिले घाउ सफा गरेर यो दबाइ खान दिनू।’ कम्पाउडर त्यति
भनेर आफ्नो घरतर्फ लाग्यो। सुन्तलीले पश्चताप
गर्ने सोची तर उसलाई त्यो मुक्का सम्झँदा फेरि होइन भन्ने पनि भई। त्यति नै बेला
चामे टाउको छाम्दै उठ्न खोज्यो तर सुन्तलीले उसलाई उठ्न दिएन। अनि बिस्तारै चामेले
सोध्यो-‘मलाई के भएको थियो?’ मुख लर्बराउँदै सुन्तलीले भनी-‘होइन, खासमा हिजो
तपाईँको मुक्काको परिणामले तपाईँको
टाउको फुट्यो।’ चामेले अचम्म मान्दै भन्यो –‘हिजो मैले कुटेँ? कस्तो कुरा गरेकी!
तिमीलाई मेरो मायाको विश्वास छैन
रहेछ। जस्तै भए पनि तिमीलाई कुट्ने कुनै विचार ममा पलाउँदैन।’
सुन्तली
केही नबोली भित्र पसेर ऐनामा मुक्काको डाम हेर्न खोजी तर त्यहाँ कुनै डाम नै
हुँदैन। छक्क परेर मसार्छे, कुनै दुखेको अनुभव पनि छैन। तब सुन्तलीलाई याद भई....।
No comments:
Post a Comment