वनको
मुरलीबाट
सरगम
गुञ्जियो;
सा~रे~ ग~ म~ प~ ध ~नि~
अनि
थुरियो
नि~ध~प~म~ग~ गाउँको
कानसम्म,
गाउँ शब्दको धुन खोजिरहेको छ,
अस्तिदेखि खेतमा मुरली बजाउँदै.. तिरिरि...!
आवाज सुनेर,
शब्द टुकुलटुकुल हिँड्छ
गाउँकै पन्नामा कलमको मैथुन गर्ने बानीसँग
वाक्क भएर, फेरि शब्द घुमाइ-घुमाइ खेलाइबस्छ
कलमले गाउँको गर्भमा,
यो
अर्को पूर्वाग्रह हो
समय
चेतनाको कन्तुरमा बन्द भएर
गुम्सिएको
ढुँडिको छाला,
शब्दको
जरासम्म टाँसिएर
उखुल्न
खोज्ने
गरीब
चेतना!
वर्षौँ
भयो,
शब्दको
धुन गाउँमै अलमलिरहेको छ
मालिङ्गोको
एक-एक प्वालबाट
लुकामारी
खेल्दै
सहरमा
घोर्लिएको
सङ्गीतको
नयाँ संस्करण हेर्नलाई!
आह! शब्दले
हरेस
खाएपछि, मसिको सहानुभूति पनि
ठर्रा
झैँ मातेर कच्याङकच्याङ गरिरहन्छ
गाउँको
कानमा,
तेल
हाल्नै नपर्ने उसको
मानसिकतालाईठ्याम
लगाएर जान्छ
प्रत्येक
दिन हुर्कँदै आउने इच्छाले
टक्साएर
राखेको जस्तो-
शब्दको
धुनले
कहाँ
जन्माउन सक्छ
घरिघरि-
अरूणा लामा
‘पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो!’
(स्वर
सामाग्री अरूणा लामाकन:
समर्पण)
No comments:
Post a Comment