इच्छाहरू यसपाली...
इच्छाहरू यसपाली पनि
मोसै मोसो भएर भाँड़ामा
चमक ल्याउने कोशिश गरिरहेछ।
गरिरहेछ नित्य
ती इच्छाहरू। तेस्रो विश्व सम्झेर।जाबो त्यो इच्छा।
गरिरहेथ्यो पोहोर पनि
सायद गरिरहनेछ। जबसम्म उ,
उ भएर बाँच्न पाउँदैन।
पाउँदैन उसले त्यही
कुरा जो 'म' ले पाइरहेकोछ। पाइरहेकोछ
अगाड़ी, पछाड़ी चारैतिर हिड़ाउन। कुकुरहरू
भुसिया, बुलडाग थरिथरिका।
थरिथरिका हातहरू। हातहरू कालो, सेतो।
थरिथरिका उसका इच्छाहरू
बलात्कृत भए। यसपाली पनि दशैंमा
इच्छहरू, घटुक्क आँशु निलिई विसर्जन गरिदिए।
गरिदिए उसले
आफुलाई विसर्जन 'म'को शहरमा।
'म'को गाउँमा अनि 'म'को गल्लिमा। 'म'को समाजमा।
'म'को विचारमा। 'म'को देशमा।
'म'को देशमा इच्छाहरू
फस्टाउन पाउँदैन, मौलाउन पाउँदैन। पाउँदैन पुराहुन।
यसैले पनि हो इच्छाहरू यसपाली...
विसर्जन गरिदिएको...।।
रूपेशका नेपाली कविताहरू
11/22/2010
11/19/2010
छिल्काहरू
(क) नकारात्मक्ता...
शब्द
मैथुनसँगै,
दृश्य नाङ्गिएर
विचारको, जन्ती
जाँदैछ इच्छाहरू...।
(ख) आकाङ्छा।
अटाउन नसकेर
नारित्वका चाहनाहरू,
पट्ट फुटी निस्कन्छ
सृजनाका फूलझैं
प्रकृतिका प्राङ्गनमा।
(ग) स्पेसियल अफर...
छुट्टिएर
तनावहरूबाट,
घुम्दै बजार, म
खोज्न थाल्छु,
लेबल झुण्डिएका
पसलहरूमा, अफ् जिवनको
बम्पर डिस्काउन्ट...।
(घ) विम्ब।।
प्रश्ववेदनाको
त्यो रात, चन्द्रमाको
अपहरणले, निशा,
आकाश र निलिमा,
ताराको टर्च लिई
प्रतिक्षामा पुनः
पूर्णिमाको।।
(ङ) स्पर्श...
हत्केलाको
होइन, प्रत्येक
औंलाको, न्यानो
स्पर्श खोज्छ,
मेरो कलम।
(च) परिभाषा।
अपरिभाषित
शब्दहरूमा सजिएर
बसेका जिन्दगीहरू,
स्वतः परिभाषित
हुन्छन् श्रृङ्खलामा,
एउटा आयाम पन्नाको
कलमलाई सुम्पेर...।
(छ) होसियार...
वाक्य
विगठनमा,
बठ्याँइ शब्दहरूको,
सङ्गठित अक्षरहरूले,
शोषित वर्णहरूलाई,
आहवान
गरिरहेछ...
(ज) म !...
वर्षा
याममा
निथुक्र भिजेको
जङ्गलको वृक्ष होइन,
अन्कण्टार
घामले
सेकिएर फराकिलो
मैदानमा उम्रिएको अनवरत
भुँवरी र नर्गिजले
हेपिएको।
(झ) सन्तुष्टि।
नित्य आइ
स्पर्श गर्दा त्यो रात
सीमा नाघेर उत्सुक्ताले
पोखाइ दिन्छु
पुरूषत्वका अहमहरू
अभिलाषाको झोलाभित्र।।
(ञ) तिरस्कार!!
भूल्न नसकेर
आजपर्यन्त,
खोजिरहेछु तिमीले दिएका
स्मृति चिन्ह,
आधारातमा, कहिले
गोधुली साँझमा,
तिरस्कृत ती चोटहरूमा!!!
(क) नकारात्मक्ता...
शब्द
मैथुनसँगै,
दृश्य नाङ्गिएर
विचारको, जन्ती
जाँदैछ इच्छाहरू...।
(ख) आकाङ्छा।
अटाउन नसकेर
नारित्वका चाहनाहरू,
पट्ट फुटी निस्कन्छ
सृजनाका फूलझैं
प्रकृतिका प्राङ्गनमा।
(ग) स्पेसियल अफर...
छुट्टिएर
तनावहरूबाट,
घुम्दै बजार, म
खोज्न थाल्छु,
लेबल झुण्डिएका
पसलहरूमा, अफ् जिवनको
बम्पर डिस्काउन्ट...।
(घ) विम्ब।।
प्रश्ववेदनाको
त्यो रात, चन्द्रमाको
अपहरणले, निशा,
आकाश र निलिमा,
ताराको टर्च लिई
प्रतिक्षामा पुनः
पूर्णिमाको।।
(ङ) स्पर्श...
हत्केलाको
होइन, प्रत्येक
औंलाको, न्यानो
स्पर्श खोज्छ,
मेरो कलम।
(च) परिभाषा।
अपरिभाषित
शब्दहरूमा सजिएर
बसेका जिन्दगीहरू,
स्वतः परिभाषित
हुन्छन् श्रृङ्खलामा,
एउटा आयाम पन्नाको
कलमलाई सुम्पेर...।
(छ) होसियार...
वाक्य
विगठनमा,
बठ्याँइ शब्दहरूको,
सङ्गठित अक्षरहरूले,
शोषित वर्णहरूलाई,
आहवान
गरिरहेछ...
(ज) म !...
वर्षा
याममा
निथुक्र भिजेको
जङ्गलको वृक्ष होइन,
अन्कण्टार
घामले
सेकिएर फराकिलो
मैदानमा उम्रिएको अनवरत
भुँवरी र नर्गिजले
हेपिएको।
(झ) सन्तुष्टि।
नित्य आइ
स्पर्श गर्दा त्यो रात
सीमा नाघेर उत्सुक्ताले
पोखाइ दिन्छु
पुरूषत्वका अहमहरू
अभिलाषाको झोलाभित्र।।
(ञ) तिरस्कार!!
भूल्न नसकेर
आजपर्यन्त,
खोजिरहेछु तिमीले दिएका
स्मृति चिन्ह,
आधारातमा, कहिले
गोधुली साँझमा,
तिरस्कृत ती चोटहरूमा!!!
Subscribe to:
Comments (Atom)

