रूपेशका नेपाली कविताहरू

6/13/2010

जेन कविताहरू

१) कोलाहल मच्यो
परमानु खस्यो
जि
न्द
गी

रू
ला...श।


२) अँध्यारो कोठा
त्यसभित्र म
अनि मभित्र मन ।


३) रक्सीले पिएर
प्राणहरू बोतलमा,
मृत्यु पर्खिरहेछ।


४) मान्छे मानव
नबनेर पशु बन्न
तत्पर देखिन्छ।


५) विद्वानको बुद्धिमता
म, बालकहरूमा खोज्दैछु।


६) सुतिइ रहेकी सपना,
स्वागत गर्छे विउँझेर विपनाको।


७) हेर्दै थिएँ 'बाबर'
'सुबाश' बिर्सिएर
'दलबहादुर'को इतिहास ।


८) दुर्घट्नामा दर्शन
विज्ञानले विसङ्गति
हँसाइ रहेथ्यो ।


९) क्रमश: पात

र्दै
थ्यो
बिरामी जिन्दगी चियाउँदैथ्यो ।


१०) सङ्किर्णता नअटाइ
विश्वको विकास चियाइ रहेछ ।


११) तनावले आक्रोसित् मुटु
उगल्छन् फोँसीका झोल।


१२) कुण्ठा, पीड़ाको
द्वन्द्व, पड़कन्छ दमित
ज्वालामुखी।


१३) हिजो जीवनको
उद्घाटनमा मृत्युले
रिबन काट्दैथ्यो।


१४) विचार नछोड़ेर
भ्यागुतो, खुट्टाले छोड़ेछ
अहममा जमिन।


१५) बन्धी माछा
ग्लासभित्र मुक्ति
काम्ना गरिरहेछ।


१६) नग्न कला
तटमा, कलाकारको
आनन्द कुचीमा।


१७) हारेर जीवनले दोरिमा
मृत्यु झुण्ड्याइ रहेछ।


१८) अनुभवले लादेन
पड़्क्यो, स्वाभिमानले
अमेरिका थर्क्यो ।


१९) दिवस लपेट्दा
निसाले, बल्न नसकेका
चन्द्रमा ... लाजले ।


२०) फुङ्ग... उड़ाउँछ
तृष्णाको धुँवा
जिन्दगी डड़ाएर ।


२१) भवनामा पिसेको
कल्पनाले महल
अचार बनाएर ।


२२) तट्मा बसेर नदीको
वेगमा बग्न खोजिरहेछु।


२३) समय चपेट्मा
जिन्दगी रेटिरहेछ घातहरूले।


२४) मुसुक्क मुस्कुराउँछ
स्मृति, घुटुक्क विस्मृति निलेर।


२५) ब्रिलियन्ट... औषधी
मेमोरिको, खाएर
सूत्र विज्ञानको।


२६) यो खबर फेरि
बेखबर बनाउँछ
शर्नार्थी भनेर।


२७) फ्रायड.. पल्टेर
प्रकृतिको आनन्द
लिँदैछ शब्दमा।


२८) एक छेउमा
भेटिन्छ विश्वास अर्को
छेउमा फेरि लुटिन्छ....।

No comments:

Post a Comment