रूपेशका नेपाली कविताहरू

12/02/2010

मेरो बिहानी!!




तिम्रो विहानी, मैले


गर्व गर्नु पनि उचित छैन यहाँ।


तिम्रो साँझ पनि।




मेरो विहानी! तिमीला थाहै छ


सम्झाइरहने कुरा आउँदैन।




आउँदैन होला तिम्रो


विहानी, नवीन योजनाहरू कालो


चस्मा नलगाइ। कालै गाड़ीमा नचड़ी।




आउँदैन होला तिम्रो


साँझ, नवीन मुस्कानहरू कालो


पर्दा नलगाइ। कालै गाड़ीमा नचड़ी।




आउँदैन विहानी मेरो यहाँ!


डोको र नाम्लो, थाप्लोमा नचड़ाएसम्म।


आउँदैन विहानी मेरो त यहाँ!


हसियाँ र बञ्चरो, साथमा नलगाएसम्म।




आउँदैन विहानी मेरो त यहाँ!


पुर्खा हिँड़्ने बाटो नहिँड़ेसम्म। नहिँड़ेसम्म


गोठदेखि वन, वनदेखि गोठ।




त्यसरी नै झुल्किन्छ मेरो विहानी,


त्यसरी नै अस्ताउछ मेरो विहानी।




(तिम्रो भन्दा भिन्न। निमुखा त्यै विहानी)




अर्को हुन सक्दै यो विहानी।


जुन मैले चिताएको, हर्षका कुराहरू


बोकी ल्याउने। नयाँ विहानीमा मेरो जिजीविषा।




मेरो विहानी मर्नु र बाँच्नु छ!!





No comments:

Post a Comment