अनुभवको अध्यायमा मेरो परिचय।
त्यो रात लागेको सपना
भोलीको इन्टरभ्यु र भविष्यको निर्माण।
खालि ढ्याङ्ग्रो ठोकिरहेको छ
धड़्कनले मुटुमा चारैतिरबाट। परिचय खोजिरहेका छन्
त्यही पुरानो अनुभव भोलिको मेरो
एउटा नयाँ अध्यायमा।
परिचय कति दिनु हँ???
परिचय! परिचय! परिचय! परिचय!
परिचय! परिचय! परिचय! परिचय!
परिचय! परिचय! परिचय! परिचय!
आफु भएपछि, समाजलाई साक्षी राखी दिएको परिचय।
पक्कै पनि गल्ति भयो होला!
प्रमाणपत्रका ठेली। फेरि परिचय मागिरहन्छ।
अनुभव छ? सोध्छ पनि। छैन। अहिलेसम्म अनुभवको कुरा।
प्रत्येक अनुहारको सामु, आफ्नो अनुहार प्रस्तुत गर्नु, अनौपचारिकतामात्र लाग्छ।
अनुभव, तिमी दिन नै मान्दैनौ। उपनि।
फेरि किन खोज्छौ हँ??
अनुभव! अनुभव! अनुभव!
अनुभव! अनुभव! अनुभव!
आफूले पाएपछिको होइन अनुभव नपाएपछिको त्यो
पीड़ा चर्चा भइसकेको हुन्छ।
राजनीतिको पहिरोमा बग्दै गरेको गाउँ,
पञ्चायतको सिँड़िमा हिँड़्दै गरेको गाउँले। अनि
भोलिको आशामा चाउरिएका मेरा अभिभावकका अनुहार।
झुन्डी रहेकै छ, नयाँ अनुभवको अध्यायमा मेरो परिचय।
थाहा छ?? अहिलेसम्म मैले, कतिचोटि मुख धोएँ होला!!
अपरिभाषित परिभाषा!
पूर्व फाटेर उक्लँदै गरेको रवि
प्रकृतिको बैँसलाई स्पर्श गर्दैगरेको अनिल
साँच्चै त्यो बिहान सर्वाङ्ग देखेँ
गोकुलमको छतबाट प्रकृतिको मैले।
प्रकृतिको तृष्णा मैले बुझ्न सकिनँ, प्रातकालमा
व्यस्त सहरसँगै उठेको बिहान, रोमाञ्चित हुनेहरू पनि देखिनँ
सर्वाङ्ग च्यातिएको क्षितिजमा रविको उल्लाससँग।
उल्लास अनिलको विस्तृत फैलावटमा, केही
रोमाञ्चित म हुँदै थिएँ, केही हद उत्साह र विह्वल ती घरहरू
मस्त सुतेको सपनामा तर पराकाष्ठा नाघिसकेको त्यो दृष्य
विस्तारै टटाउँदै थियो ललाटमा निस्केको पसिनाले। सुत्त
छोड़ेका अमिलो, पीरो, मीठो अनि नुनिलो बास्नाहरू।
बास्नाहरू परिभाषित छन् तर अपरिभाषित छन् पसिनाहरू!!
पसिनाहरू सर्वाङ्ग च्यातिएको राष्ट्रबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको संविधानबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको सदनबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको राज्यबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको जिल्लाबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको मौजाबाट
पसिनाहरू सर्वाङ्ग फाटेका गरिबीबाट अपरिभाषित छन् परिभाषाहरू।
सहरको गल्लीहरूमा
‘राजधानी’को नयाँ मार्केटहरूमा
‘बगैचा नगर’को डम्पिङग ग्राउण्डहरूमा।
विरोधाभासका कुराहरू
प्रातकालमा सौदा ल्याउन हिँड़को संजोक
एक झप्का लगाइहाल्यो गाउँको तलामुनि।
गाउँको तला साह्रै फराकिलो छ
सिङ्गै परिवार निलिदिन्छ अजिङ्गर जस्तो।
परिवार चिन्तित् छैन र...?
छैन पनि किन, गाउँ चाहिएको छ उसलाई
फेन्टासीको रस चुसाउन टमाटरहरूको घुँइचोमा।
घुँइचो, हाटबजारमा मात्र कहाँ हो र! जहाँजहाँ डाँड़ा छ
जहाँजहाँ उभिने ठाउँ छ, जहाँजहाँ माग्ने ठाउँ छ।
विनिर्माण छ यो घुँइचो, त्यही प्रथा लाजविनाको गन्हाउने
मुलाजस्तो, बर्खाको हुस्सेले पिचिक्क पारेका टमाटरहरू।
टमाटरहरू गाउँको हो, यथार्थ कुरा
कल्पनाहरू पर्देशमा सपना बेचिरहेका छन्।
बेच्नु र बेचिनुको द्विविधामा
सपना, कति यातना सह्यो होला!! भोलिको बिहान बद्लने कुरामा।
विश्वस्त दुनिया सालापनमा
विहङ्गम च्यातिएका छन् तिम्रो मुस्कानको प्रताड़नमा।
प्रताड़ित निर्दोषपना, संजोकको एक झप्काइ
गाउँलाई अलिखित् छ।
अलिखित् छ गाउँ, बाँझो छ सपना, तुहेको छ रोटी
अपुरा छ खुशी, तिम्रा द्विविदाका कुरासँग।
No comments:
Post a Comment