रूपेशका नेपाली कविताहरू

3/31/2012

पेन ड्राइव।

ऐ... जताततै नहाल है पेन ड्राइव, भाइरस सर्छ।

सङ्क्रमण काल
सङ्क्रमित कुरा
सोसाइटी पिरोलिएको छ।

ठाकठाक-ठुकठुक पर्छ।
क्यावलमा झुण्डिका गाउँ, बस्ती।

पेन ड्राइवमा भाइरस सर्छ रे...!

गाउँ, बस्तीका खोल्चा-खोल्चीमा
एन्टी भाइरसले नछिचोलेको। रक्त सञ्चालन।
हार्डवेर, सफ्टवेर इन्जिनियरहरू
असमञ्जसमा पर्छन्।

प्रोग्रामरलाई के थाहा यस्ता गडन्ते कुरा?

गडिएर गाडी, घर, कार्यालय
कहीँ पनि लगाउ... यो निष्क्रिय बन्छ।

प्लिज इन्सर्ट द डिस्क...
प्लिज इन्सर्ट द डिस्क...
प्लिज इन्सर्ट द डिस्क...

लेखिन्छ! जस्ताका तस्तै पेन ड्राइव
अस्वीकार हुन्छ। छिः छिः हुन्छ।

चर्चा हुन्छ। गुनासो हुन्छ।
सिलिङबिलिङ हुन्छ ग्राहकहरू...

कुन कम्पनीको हो?





No comments:

Post a Comment