रूपेशका नेपाली कविताहरू

10/01/2011

देखेपछि।

देखेपछि मान्दैन आँखा यो,
को हो? को हो? भनी खोजिरहन्छ यो।

नदेख्नु बरू त्यस्तो कुरो यसले,
बुझ्दै-बुझ्दैन देखेपछि यसले।

हिजोपनि सुत्न मानेन आँखा रातमा,
बेहाल हुन्छ होला शीतझैं पातमा।

बास खोज्छ निद्रा, आँखा वरिपरि
बाउँठिएर यताउता गरिरहन्छ, घरिघरि।

निदाउदा पनि सररर आइरहन्छ सपनामा,
किन हुनसक्दैन तिमी र म एकसाथ विपनामा।

बरू मिलाउँला मै तिम्रो कुण्डली पनि
भित्र्याउन तयार छन् नौमती बाजा र मण्डली पनि।

No comments:

Post a Comment