रूपेशका नेपाली कविताहरू

11/04/2011

जुत्ता

मेरो बाबाले

जुत्ता ल्याउनुभएको, चार वर्ष भएछ।

हिजोमात्र आमालाई सोधेको।

किन, उसले

नयाँ नकिनेको? पालिश पनि

नलगाएको? कहिँ फाटेको छ।

कहिँ टालेको छ?

अब उसले

एक बर्खा भ्याउँला जस्तो छैन,

सिलाउन पनि जग्गा छैन। टाल्न पनि।

आमा... बाबालाई भन्नुहोस्न!!

नयाँ किन्नु भनेर...।

अरूको बाबाले त,

कति टलक्क टल्कने

जुत्ता लगाएको हुन्छ। फेरिफेरि।

टक...टक आवाज

आउने। त्यसै उसको व्यक्तित्व

झल्कन्छ अनुहारमा।

हिजआज, बाबाको

अनुहार हाँसेको देख्दिनँ। चाउरी

पनि थपिएको रहेछ। हिउँदको स्कुस जस्तो।

कस्तो उत्तरदायित्व त्यो?

बाबाको, जुत्ता फाट्दासमेत,

सिलउन नसक्ने। टाल्न नमिल्ने।

जुत्ताभित्रको खुट्टा पनि।

मैले पनि भन्न नसकेको।

लिनुहोस्, यो पैसा, नयाँ जुत्ता किन्नलाई।

पालिश किन्नलाई। दोँजो मिलाउनलाई।

No comments:

Post a Comment