रूपेशका नेपाली कविताहरू
1/04/2012
भद्रजनः-(
आगो बलेको गाउँमा
अनुहार जलेको मान्छे।
दुइ औँलाले लिपेर क्यान्भसमा तडपाउ
जस्तो।
रिमिक्स बुख्याचाले
मञ्चमा उभिएर ऱ्यापमा भाषण
दिँदा। गर्वले ताली दिने मेरा भद्रजन।
परम्परा सकिसके,
विकास पनि छोडिसके। ग्वार-ग्वारती
हिँडेर कुमान्छेहरू तिम्रा पाइलामा।
तिम्रा आँखाले।
तिम्रा विचारले
सुऱ्याइ ल्याउने माग। आदाबाटोमै
मातेर सुतिरहन्छ हाउडेहरू।
नमस्कारमा चिप्लेर
शब्दहरू फेरि गाउँमै लडीबुडी गर्छ।
पखालिन्छ। पखाल्छ लोकल वोद्गामा।
भतुवाहरू।
भद्रजन...
ट्याङ-ट्याङ गर्ने टाउका
गाउँमै ठोकाउछ। गजक्क पार्ने
सम्बोधनमा। तिमीलाई कुमान्छे।
आगो बलेको गाउँमा
अनुहार जलेको मान्छे।
दुइ औँलाले लिपेर क्यान्भसमा तडपाउ
जस्तो।
आर्ट ग्यालरीमा
घुमी-घुमी हेर्दा पर्यटकहरू, विश्व चर्चा होला...
नेत्र जलले लेखिएका भित्री कुरा।
कहाँबाट सुरू हुन्छ
गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर?
बाँदरबाट मान्छे हुनुको कुरा जस्तो।
मलाई विश्वासै हुँदैन
मेरै कुरा।
घरमाथिको रमिते डाडामा
गएर, भक्कु
लोभारूँ जस्तो लाग्यो
आफ्नै अनुहार। गतिछाडा स्वभावले।
जहिले पनि हारेर
नियास्रो अनुहार बोकी
ग्यिल्टी विचारहरू तैंछाड र मैछाड
गर्दै प्रतिसोधको भावना घुटुक्क-घुटुक्क
निलिदिन्छ लोकल र इम्पोर्टेड
रेस्तुरामा।
गाउँ र सहरको कोकटेल
वासना। देशी अतिथिलयमा मेमोरेन्डम
चडाउँदै जवानीको हस्ताक्षर गरिदिन्छ
विदाउट प्रोटेक्सन अनप्रोफेसनल पोलिटिसीयनहरू।
यो समाजले के दियो र?
गाउँलाई सुटुक्क कान फुक्छ
सहरसम्मको निम्तोले। हजुरहरू
अप्ठ्यारो पनि नमानेको वालछेल कुरा गर्न।
छोरी पाउनु पनि अब
दुर्भाग्य हुन्छ!
गान्धी च्यापेर
अहिंसाको गर्भ पतन गराउने
मेरा प्रिय समाज सेवक।
राजनीतिज्ञ, विद्वानहरू!
छाडा व्यवहार
तेर्साएर ‘ल तिमी नसुर्ताउ’ ले मसारेर
हर्कत
उथुलपुथुल बनाउछ
उसको
भित्री
मान्छे।
समाजले
के
पायो
र?
बलातकृत
आँसु
बाहेक!
जति-जति रस चड्दै जान्छ गाउँमा
उति-उति राल झर्दै जान्छ सहरमा।
कानून
बन्छ
खातामा,
न्याय
हुन्छ
हातमा।
लागु
हुन्छ
गाउँमा,
फेसला
हुन्छ
सहरमा।
एकक्षण
झोंक
चल्छ
नहुँदाको
बिर्सँदै
जान्छु
थाकेपछि
भूल्दै
जान्छु
नपाएपछि
म
यस्तै
हुँ
नेपाली
विश्वले
जानेको।
कुनै
कुराको
टुङ्गो
छैन!
कुनै
कुराको
आधार
छैन!
खिचडी
स्वभाव
मेरो।
Subscribe to:
Posts (Atom)