रूपेशका नेपाली कविताहरू

1/04/2012

भद्रजनः-(


आगो बलेको गाउँमा
अनुहार जलेको मान्छे।

दुइ औँलाले लिपेर क्यान्भसमा तडपाउ जस्तो।

रिमिक्स बुख्याचाले
मञ्चमा उभिएर ऱ्यापमा भाषण
दिँदा। गर्वले ताली दिने मेरा भद्रजन।

परम्परा सकिसके,
विकास पनि छोडिसके। ग्वार-ग्वारती
हिँडेर कुमान्छेहरू तिम्रा पाइलामा।

तिम्रा आँखाले।
तिम्रा विचारले
सुऱ्याइ ल्याउने माग। आदाबाटोमै
मातेर सुतिरहन्छ हाउडेहरू।

नमस्कारमा चिप्लेर
शब्दहरू फेरि गाउँमै लडीबुडी गर्छ।
पखालिन्छ। पखाल्छ लोकल वोद्‍गामा।
भतुवाहरू।

भद्रजन...
ट्याङ-ट्याङ गर्ने टाउका
गाउँमै ठोकाउछ। गजक्क पार्ने
सम्बोधनमा। तिमीलाई कुमान्छे।

आगो बलेको गाउँमा
अनुहार जलेको मान्छे।

दुइ औँलाले लिपेर क्यान्भसमा तडपाउ जस्तो।

आर्ट ग्यालरीमा
घुमी-घुमी हेर्दा पर्यटकहरू, विश्‍व चर्चा होला...



No comments:

Post a Comment