खै...!
खैखै, हेरौँ
त!
हुबहु, मै
हुँ; तस्बिरमा।
सेखी गर्छु, आफू
र अर्काको।
गजक्क पर्छु। च्वाँक देखिएकोमा।
खैखै, हामी
पनि हेरौँ न!
खै परेको दाँतले
जबरजस्ती मुस्कानको बासना छोड्छ।
तस्बिर र ऐनाको चेपारोमा
आफूलाई दजाउँदै, मक्ख
पर्छ।
किन सत्य
मन पर्दैन? तस्बिर हेर्छु, मै हुँ; तर
एक हात दुई हात शोभन खोज्छु। थाहा
छ त्यो हुँदैन तरै पनि कसैले ‘फोटोजेनिक
छौ’ भनिदिँदा लट्ठ पर्छु। अतिशयोक्ति मान्दिनँ। भ्रम पालेको खोपडी
च्यटिङमा, त्यै खोजिरहन्छु बसेर ‘नेटलाग’ दिनभरी
यस अतिरिक्त।
खैऽऽऽ!
‘हेर्नै... चनामति’!
परेला गोडेर, आँखीभौं
पल्टाएर
बिरालो चालमा, मेन
रोड हिँड्दैछ।
साउती गर्नु, शब्दहरू; फुर्सदका कानमा।
‘खैखै म अघि जाउँ’
टेक्दै चुचु, सि
के पार्क हतारिन्छ। उही अस्ति
चौरास्तामा राल चुवाउने।
सबै कुरा दोस्रो खोज्छ
यो संसार। पत्यार छैन। दोस्रै खोज्छ यो सहर।
दोस्रै खोज्छ यो गाउँ पनि।
आमा, बाबा, श्रीमती, श्रीमान, छोरा, छोरी।
अनि दोस्रै खोज्छु म पनि। यो जिन्दगीमा।
कति धिक्कार्नु यो जिन्दगीलाई।
खै...!
No comments:
Post a Comment