रूपेशका नेपाली कविताहरू

4/17/2012

कामुक शब्दहरू। आतङ्कित अर्थहरू!


खलखल भएर आयो
भित्रबाट दमित शब्द। फ्याली चालमा।
पालाकपुलुक हेरेर, प्याच्च थुक्यो। मुखले।

आम्मामा... औ माम्स
सरस्वती त इरोटिक देख्छु नि!

मेरो मात्र सोचाइ हो र?

बनाउनेको इच्छा हो कि!
बनाइ माग्नेको हो... तर समयसँगै भगवानहरू पनि
कमका छैनन्। जति भक्ति गऱ्यो उति भक्त हुन्छु।
पाप पखालौंको सोचभित्र बडाउछु। तुनातुना लिप्साहरू।

पहिले भन्दा आजकल
हनुमान, शिव निकै मस्कुलर देखिन्छ। याद गरेको।
र नै होला शिवरात्री, सरस्वती पूजामा
विपरित लिङ्गहरू अलसतलस हुन्छन्। फ्यानहरू।

... तेरो बाईबल गोठमा राखिदिएको छु’ आमा फोनमा। ढुक्क बन्छे।
उसलाई पत्तो छैन आजको कुरा। कामुक शब्दहरूले। आतङ्कित अर्थ खोलिबस्छ भन्ने!
डाईनामिक दृष्टि र सक्सेसिभ वेमा।

अरे, आमा कुन देवता मान्छ। हँ?
लाजले लितिपिति हुन्छु। दुःखले फत्याकफुतुक। पसिनाले गिलित्त-गिलित्त।
पारेर एबोर्सन गरिदिन्छ। इज्जतको। फेरि बेहोराले उघारी-उघारी। गर्भ बसाइदिन्छ।

कालो अक्षरको घरमा। शब्दहरू आउडेटेड छन्।

No comments:

Post a Comment