रूपेशका नेपाली कविताहरू

5/18/2012

गफहरू सकिएपछि


! गइहाल... तिमीहरूले सुन्नु हुँदैन।”


Ø  अवैध कुराहरू
           वैध भइ आउँथ्यो म र शिष्टचार बीच।
     
Ø  तिमीले देख्यौ र चूह्ला निभेको?

Ø  धुँवामा ढिँडो
Ø  सोँतेमा हावा
Ø  चिम्टामा सम्झौता।

Ø  लिपिएर चम्कनाहरू चिटिक्क पर्दा पछि
           वैध कुरा कोठा थुनिएरै हुन्छ।

Ø  बस्तीको कुखुरा
Ø  माछा, रोस्ट ब्रोइलर
Ø  लोकल, इम्पोर्टेड
Ø  भेराईटिज ह्विस्की र वोद्काहरू
Ø  गाउँको चेपबाट सहर डकार्छ।

Ø  ढ्याउ....! तिमी यसाई अवैध मान्दैनौ त!

Ø  दुबिधामा
     हल्ला नगर्नु होला’
     भित्र पस्न मनाही छ’  जिस्काइरहेछ जस्तो लाग्छ। मान्छेहरू। निश्चल अक्षरहरूले
      लाइन लागेर ज्ञानका कुरामा।

अब जोक्स सुनाउछ। केरीकेचर गर्छ। अभिनय गर्छ। गफहरू सकिएपछि
थपडी मार्छौं। बधाई दिन्छौं तर सोध्दैनौ हाम्रो चूह्ला कुन देशमा छ?

No comments:

Post a Comment